Thursday, August 20, 2015

छोरी पाउदा मर्नेगरी कुटपिट


छोरी पाउदा मर्नेगरी कुटपिट

झापा : झापाको बिर्तामोड नगरपालिका निवासी एक व्यक्तिले १९ वर्षीया श्रीमतीलाई छोरी मात्र जन्माएको र माइतबाट दाइजो नल्याएको भन्दै गएराति मरणासन्न हुनेगरी कुटपीट गरेर फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारी अनुसार बिर्तामोड नगरपालिका – ७ निवासी ज्यावुल हकले श्रीमती आश्मा खातुनलाई कुटपीट गरी फरार भएका हुन् । उनले गएराति श्रीमतीलाई टाउकोमा मुग्रो प्रहार गरी बेहोस बनाएर फरार भएको खातुनकी आमा नागेश्वराले बताए । खातुन एक महिनाकी सुत्केरी हुन । छोरीले पहिलो सन्तान छोरी जन्माएको र दोस्रो सन्तानपनि छोरी नै जन्मिएपछि कहिले माइतबाट दाईजो कम ल्याएको त कहिले छोरी – छोरी मात्र जन्माइस भन्दै ज्वाईले कुटपीट गर्नु हुँदो रहेछ नागेश्वराले भने ।

श्रीमानको कुटाईबाट आश्माको टाउकोमा गम्भीर चोट लागेको छ । उनको अहिले बिर्तामोडस्थित सामुदायिक तथा विद्यार्थी स्वास्थ्य सरोकार केन्द्रमा उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रका चिकित्सक मनुराम चिमरियाले आश्माको टाउकोबाट अत्याधिक रक्तश्राव भएका कारण उनमा रगतको कमीले एनेमिया देखापरेको बताए । ज्यावुलले श्रीमतीलाई मरणासन्न हुनेगरी कुटपीट गरेर फरार भएकाले उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी राउतले बताए ।

-- नेपालीसमाचार.डटकमnepaliSamachar
Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments: